बच्चालाई एडिएचडी त छैन ?

बच्चालाई एडिएचडी त छैन ?

Article, Blog/Newspaper

-बिज्जका घिमिरे

मानिसको मानसिक विकास बच्चा अवस्थामै हुने गर्छ । त्यसैले उनीहरूको विशेष ख्याल राख्न जरुरी हुन्छ । यदि यस्तो अवस्थामा कुनै मानसिक समस्या देखिएमा त्यसले पछिसम्म असर पु-याउन सक्छ ।

बालबालिकामा देखिने एउटा मानसिक समस्या भनेको एडिएचडी पनि हो ।

के हो एडिएचडी ?

– हालै गरिएको अध्ययनको तथ्यांकअनुसार विश्वमा ५ देखि ७ प्रतिशत बालबालिका एडिएचडीको सिकार भएका छन् । एडिएचडीलाई अटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डर भनिन्छ । एडिएचडी न्युरो बिहेबिएरल डिसअर्डरभित्र पर्ने एउटा रोग हो ।

यस्तो समस्या भएका बालबालिका कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न नसक्ने हुन्छन् । त्यस्तै, अभिभावकले पनि आफ्नो बच्चालाई नियन्त्रणमा राख्न सक्दैनन् । यस्तो समस्या भएका बालबालिका असामान्य तरिकाले चल्ने र बेचैन देखिने गर्छन् । यस्तो समस्या धेरैजसोमा बच्चा अवस्थाबाट नै सुरु हुने र किशोर अवस्थासम्म रहिरहने हुन्छ ।

– अटेन्सन डिफिसिट हाइपरएक्टिभिटी डिसअर्डरको समस्या भएका २ दशमलव ४ प्रतिशतमा अन्य मानसिक समस्या बोर्डरलाइन पर्सनालिटी डिसअर्डर, एन्टिसोसियल पर्सनालिटी डिसअर्डर, वाइपोलार डिसअर्डर, अनिद्रा, जेनरलाइज्ड एन्जाइटी डिसअर्डर र मेजर डिप्रेसन हुने गर्दछ ।

कारण

– मनोविज्ञानअनुसार एडिएचडीको निश्चित कारण भन्न गाह्रो छ । या यसको यकिन गर्न नै गाह्रो छ । तर, पनि एडिएचडी हुने सम्भावित कारण भने छन् ।

– यसको एउटा कारण आनुवंशिक हो । विभिन्न अध्ययनले परिवारको कोही सदस्यलाई यो समस्या छ भने भावी सन्तानलाई पनि हुने सम्भावना उत्तिकै हुन्छ ।

– यसका केही बाह्य वातावरणीय कारण पनि छन् । गर्भावस्थामा आमाले गर्ने मध्यपानले बच्चालाई फेटल अल्कोहोल एस्पेक्ट्रम डिसअर्डर हुन सक्छ । यस्तो अवस्थामा गर्भको बच्चा तुहाउने औषधि सेवन, विषपानजस्ता गतिविधिले एडिएचडीको लक्षण देखा पर्न सक्छ ।

– समय नपुगी बच्चा जन्मिँदा वा तौल कम भई जन्मेको बच्चामा पनि यस्तो समस्या हुन सक्छ ।

– गर्भावस्थामा आमालाई छारेरोग, टाउकोमा चोटपटक आदि कारणले गर्भमा बच्चाको मस्तिष्कमा समस्या हुँदा पनि यस्तो खालको डिसअर्डरको समस्या निम्तिन सक्छ ।

– विभिन्न अध्ययनले बच्चाको मस्तिष्कको केही भाग सानो हुने समस्याले पनि एडिएचडीको समस्या हुन सक्छ ।

– मस्तिष्कमा हुने न्युरो ट्रान्समिटरको तहमा घटबढ भएमा विभिन्न रसायनको कार्यमा कमी आउँछ । र, बच्चामा एडिएचडी हुने सम्भावना बढेर जान्छ ।

लक्षण

– सामान्यतया बालबालिकाको बढ्दो उमेरसँगै उनीहरूमा विभिन्न समस्या देखिन थाल्छन् । एडिएचडीको समस्या बालबालिकामा ७ देखि १२ वर्षको अवधिमा देखा पर्ने गर्छ ।

– जुनसकै काममा एकाग्रताको साथ लाग्न नसक्ने ।

– अनावश्यक चकचक गर्ने, आवश्यकताभन्दा बढी बोल्ने, नसोची बोल्नेलगायत लक्षण देखा पर्छ ।

– यस्ता बालबालिकामा सजिलै विचलित हुने, बढी बिर्सिने, एउटा काम पूरा नगरी अर्को काम सुरु गर्ने, नयाँ विषय सिक्न गाह्रो हुनेलगायत समस्या देखिने गर्छ ।सिोधेको प्रश्न पूरा नहुँदै उत्तर भनिहाल्ने, सजिलै भ्रमित हुनेजस्ता लक्षण पनि देखिन्छ ।

– यस्तो समस्या भएका कतिपयले टाउको हल्लाइरहने गर्छन् ।

– उनीहरू आफ्नो सामान जतनसाथ वा मिलाएर राख्न पनि नसक्ने खालका हुन्छन् ।

– उनीहरू विश्राममा जान सक्दैनन् ।

– छटपटाइरहने समस्या पनि हुन्छ । त्यस्ता व्यक्तिले अरूको काममा हस्तक्षेप गर्ने पनि गर्छन् ।

उपचार

– एडिएचडीको कग्नेटिभ बिहेबिएर, बिहेबिएरल, फेमिलीलगायत थेरापीबाट उपचार गर्न सकिन्छ ।

– बच्चा र अभिभावकलाई यसबारे शिक्षा तथा तालिम दिनु पनि पर्छ ।

– बच्चालाई समाजमा घुलमिल भएर बस्न सहज वातावरण, यससम्बन्धी तालिमलगायत प्रदान गर्नुपर्छ । यसका साथै मनोविमर्शकर्ता तथा मनोचिकित्सकसँग राम्रोसँग परामर्श लिनु आवश्यक हुन्छ ।

मनोरोग : यसको अवस्था र उपचारका विधिहरु

मनोरोग : यसको अवस्था र उपचारका विधिहरु

Article

पछिल्ला बर्षहरुमा मानसिक समस्या विश्वभर नै एक गम्भीर समस्याको रुपमा विकास हुँदै गएको छ । विज्ञान र प्रविधिको विकासले थुप्रै आधुनिक भौतिक प्राप्ति हासिल गरिएपनि मानिसहरुमा मानसिक पीडा भने निकै बढ्दो छ । बदलिँदो परिवेश र जीवनशैली सँगै अहिले मानिसहरुको दिनचर्या बदलिएको छ । Continue reading “मनोरोग : यसको अवस्था र उपचारका विधिहरु”

तनाव व्यवस्थापन गर्न गहन विश्रामको अभ्यास

तनाव व्यवस्थापन गर्न गहन विश्रामको अभ्यास

Article
आदर्श प्रधान, मनोविज्ञ होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलेब्रेसन सेन्टर
 

आजभोलि अध्ययनदेखि जागिरसम्म, जहीँतहीँ छ, प्रतिस्पर्धा । यस्तो प्रतिस्पर्धात्मक र तनावपूर्ण वातावरणका कारण हाम्रो स्वास्थ्यमा समेत यसले असर पु¥याइरहेको छ । यस्ता नकारात्मक मानसिक भावनाले  हामीलाई निरास र उदासी बनाइरहेको छ । यद्यपि, हामीभित्र रहेको तनाव व्यवस्थापनका लागि गहन विश्रामको अभ्यासले राहत दिन सक्छ । Continue reading “तनाव व्यवस्थापन गर्न गहन विश्रामको अभ्यास”

बढी पानीले ‘हाइपोनट्रेमिया’

बढी पानीले ‘हाइपोनट्रेमिया’

Article, Blog/Newspaper

स्वास्थ्यका लागि पर्याप्त पानी आवश्यक पर्छ । गर्मी होस् वा जाडो मौसम नै किन नहोस्, पानी मानिसका लागि अति आवश्यक छ । तर, पानीको मात्रा भने मिलाउन जरुरी हुन्छ । बढी वा कम पानीले शरीरमा गम्भीर समस्यासमेत निम्त्याउन सक्छ । Continue reading “बढी पानीले ‘हाइपोनट्रेमिया’”

SMILE

SMILE

Article, Blog/Newspaper

-Making an emotional face or suppressing one – influence your feelings.
One emotion that is probably nearest and dearest to most people is ‘happiness’, a state of well being and contentment that is much to be desired.
“Today, give a stranger one of your smiles. It might be the only sunshine he sees all day.”
P.S. I Love You.
Continue reading “SMILE”

किन गर्छन् मानिसले आत्महत्या

किन गर्छन् मानिसले आत्महत्या

Article

नेपालमा आत्महत्याको तथ्यांक डरलाग्दो छ । आर्थिक वर्ष ०७३-७४ मा मात्र पाँच हजार एक सय २४ जनाले आत्महत्या गरेका छन् । बर्सेनि आत्महत्याको संख्या बढी नै रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौँ स्थानमा पर्छ । महिलाको आँकडालाई हेर्दा त तेस्रो स्थानमा छ । तर, लक्षण पहिचान गरी रोकथाममा ध्यान दिन सकेमा आत्महत्यालाई केही हदसम्म नियन्त्रण गर्न पनि सम्भव छ :

Continue reading “किन गर्छन् मानिसले आत्महत्या”

दाम्पत्य जीवन सफल बनाउन…

दाम्पत्य जीवन सफल बनाउन…

Article, Blog/Newspaper

आफ्नो दाम्पत्य जीवन सफल बनाउने चाहना सबैको हुन्छ । तर, विभिन्न कारणले वैवाहिक जीवनमा आनन्दित हुन नसकेकोे धेरैको गुनासो सुन्न पाइन्छ । आखिर दाम्पत्य जीवनमा आनन्दित हुन नसक्नुमा दोष कस्को हुन्छ ? पति र पत्नीबीच कस्ता कुराले समस्या सिर्जना हुन्छ ? यस्ता विषयमा बुझ्न आवश्यक हुन्छ । दाम्पत्य जीवनलाई सफल बनाउन हरेक दम्पतीले अपनाउनुपर्ने सामान्य जानकारीका बारेमा मनोपरामर्शदाता बिपुला श्रेष्ठको सुझाब यस्तो छः Continue reading “दाम्पत्य जीवन सफल बनाउन…”

खुसीसाथ जिउने कला

खुसीसाथ जिउने कला

Article, Blog/Newspaper
आफ्नो लक्ष्य प्राप्त गर्न अनवरत दौडँदा कहिले सफलता हात लाग्छ त कहिले असफलता । सफल हुँदा हामी खुसी हुन्छौँ भने असफल हुँदा दुःखी । यसरी हाम्रो जीवन सकारात्मक र नकारात्मक सोचाइको चक्करमा अल्झिरहन्छ । दैनिक कार्य अगाडि बढाउँदा सकारात्मक सोच राख्न सकेमा सफलता प्राप्त गर्न सहज हुन्छ ।

Continue reading “खुसीसाथ जिउने कला”

रेकी गर्ने तरिका यसका फाइदा

रेकी गर्ने तरिका यसका फाइदा

Article, Blog/Newspaper

जापानका गुरु मिकाउ उसुईले प्रतिपादन गरेको रेकी उपचारले मानिसको शारीरिक, मानसिक, भावनात्मक रोगहरूलाई जरैबाट निर्मूल बनाउन सक्छ । ब्रह्माण्डमा रहेको चेतनायुक्त जीवनशक्तिलाई बढी मात्रामा हाम्रो शरीरमा प्रवेश गरायौँ भने हामी पूर्ण रूपमा स्वस्थ हुन सक्छौँ । यसले आत्माबाट आउने ऊर्जाको रोकावट खोलिदिन्छ र मानिसको शरीरमा ऊर्जा पर्याप्त रूपमा हुन्छ । सबै मानिसमा प्राकृतिक रूपमा हुने रेकी ऊर्जा कडा परिश्रम, अनिद्रा, तनाव, असन्तुलित भोजनजस्ता कारणले कम हुन सक्छ । जसले गर्दा हामीलाई रोग लाग्छ । यसले शारीरिक मात्र नभएर मानसिक र भावनात्मक तहमा पनि कार्य गर्छ । रेकीले बिस्तारै रोगको मूल जडलाई निमिट्यान्न बनाइदिन्छ । यसलाई शब्दबाट भन्दा पनि अनुभवबाट थाहा पाउन सकिन्छ । Continue reading “रेकी गर्ने तरिका यसका फाइदा”

डराउनु पर्दैन सम्भव छ डिप्रेसनको उपचार

डराउनु पर्दैन सम्भव छ डिप्रेसनको उपचार

Article
-आदर्श प्रधान |
डिप्रेसन एक किसिमको मानसिक रोग हो । यसले मानिसको व्यवहारमा फरकपन ल्याउँछ । यसले मानसिक, शारीरिक एवं भावनात्मक रूपमा समेत पीडा पुर्‍याउँदछ । यसले मानिसको दैनिक क्रियाकलापमा समेत अवरोध ल्याउने गर्दछ । मानिसमा धेरै नकारात्मक विचारहरू आउने गर्दछन् । निर्णय लिने क्षमता र आत्मविश्वासमा एकाएक कमी आउने गर्दछ । हरेक कुराको नकारात्मक विश्लेषण गर्ने, निराशाको भाव, एक्लोपनको भाव बढी देखिने गर्दछ । डिप्रेसन बढ्दै गएमा मानिसले आत्महत्यासमेत गर्ने गर्दछ । विश्व स्वास्थ्य संगठनले सन् १९९० मा गरेको अनुसन्धानअनुसार मानिसलाई पीडा दिने रोगहरूमध्ये डिप्रेसन चौथो भएको तथ्य सार्वजनिक गरेको थियो । सन् २०२० सम्ममा डिप्रेसन दोस्रो श्रेणीमा आउन सक्ने अनुमान गरिएको छ । डिप्रेसनबारे चेतना नहुनुले पनि यसको पहिचानमा कठिनाइ भएको छ । मानसिक रोग भन्नासाथ अझै पनि खुलेर बताउन नसक्ने समस्या छ ।

Continue reading “डराउनु पर्दैन सम्भव छ डिप्रेसनको उपचार”