जापानका गुरु मिकाउ उसुईले प्रतिपादन गरेको रेकी उपचारले मानिसको शारीरिक, मानसिक, भावनात्मक रोगहरूलाई जरैबाट निर्मूल बनाउन सक्छ । ब्रह्माण्डमा रहेको चेतनायुक्त जीवनशक्तिलाई बढी मात्रामा हाम्रो शरीरमा प्रवेश गरायौँ भने हामी पूर्ण रूपमा स्वस्थ हुन सक्छौँ । यसले आत्माबाट आउने ऊर्जाको रोकावट खोलिदिन्छ र मानिसको शरीरमा ऊर्जा पर्याप्त रूपमा हुन्छ । सबै मानिसमा प्राकृतिक रूपमा हुने रेकी ऊर्जा कडा परिश्रम, अनिद्रा, तनाव, असन्तुलित भोजनजस्ता कारणले कम हुन सक्छ । जसले गर्दा हामीलाई रोग लाग्छ । यसले शारीरिक मात्र नभएर मानसिक र भावनात्मक तहमा पनि कार्य गर्छ । रेकीले बिस्तारै रोगको मूल जडलाई निमिट्यान्न बनाइदिन्छ । यसलाई शब्दबाट भन्दा पनि अनुभवबाट थाहा पाउन सकिन्छ ।

आदर्श प्रधान, मनोपरामर्शदाता, होलिस्टिक माइन्ड्स

रेकीका फाइदा

रेकीले रोग लाग्नुभन्दा अगाडि मूल स्रोतलाई नै उपचार गर्दै जान्छ । त्यसपछि बिस्तारै रोग जरैदेखि निको हुन्छ । रेकीले हाम्रो मन, भावना हु“दै शरीरको ऊर्जाको बहावलाई सन्तुलित बनाई स्वस्थ बनाउ“छ । तर, रेकीले औषधि खाएजस्तै तुरुन्तै असर देखाउँदैन । रोगको प्रकृति, गहिराइअनुसार समय लाग्छ । रोगीमा धैर्यको खा“चो हुनु पनि आवश्यक छ ।

—निद्रा नलाग्ने समस्या

—डर, आत्मविश्वासको कमी

—जुनसुकै शारीरिक दुखाइ

—जुनसुकै शारीरिक रोगहरू

—भावनात्मक, मनोशारीरिक रोगहरू

रेकी विधि
अत्यन्त सरल विधि रेकी सिक्न उमेर, शिक्षा, भाषा केहीको असर गर्दैन । रेकीको सुरुवातमा रेकी मास्टरसँग प्रशिक्षणका साथै दीक्षा (रेकी ऊर्जासँग जोड्ने क्रिया) लिनु आवश्यक हुन्छ । त्यसपछि नियमित अभ्यासपश्चात् हाम्रा दुवै हत्केलामा रेकी ऊर्जा आउन थाल्छ । उक्त रेकी ऊर्जालाई हत्केलाको माध्यमद्वारा आफूलाई वा अरूलाई छोएर उपचार गर्न सकिन्छ । रेकीको राम्रो अभ्यासपछि संसारको जुनसुकै कुनामा बसेको मानिसलाई नछोएर नै ऊर्जाको प्रक्षेपण गर्न सकिन्छ ।

वैज्ञानिक धारणा
वैज्ञानिकहरूले पनि रेकी ऊर्जाको बारेमा धेरै अध्ययन–अनुसन्धान गरेका छन् । अमेरिकाको अस्पतालमा क्यान्सरपीडित भएका केही बिरामीलाई केमोथेरापीसँगै रेकी हिलिङ गर्दा बिरामीले धरै राम्रो अनुभव गरेको रिपोर्टमा उल्लेख छ । जसबाट बिरामीमा पीडाको कमी, निद्रामा सुधार, खानामा रुचि देखिएको छ । अमेरिकामा रसियन इन्जिनियर क्रिलियनले आभा मण्डल खिच्ने क्रिलियन क्यामेरा पत्ता लगाएपछि रेकी ऊर्जाको झन् महत्व बढेको छ । जुन क्यामेराले रेकीको बहाव, गुणस्तरका साथै रेकी दिनुअघि र पछिको अवस्था सजिलै थाहा पाउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *