जापानिज शब्द ‘रे’को अर्थ ब्रम्हाण्डिय चेतना र ‘की’को अर्थ जीबनी शक्ति हो। अतः रेकी भन्नाले ब्रम्हाण्डिय चेतना सहितको जीबनी शक्ति भन्ने बुझिन्छ। रेकी उपचार एउटा यस्तो अमूल्य बिद्या हो जसले मानिसको शारीरीक, मानसिक, भावनात्मक रोगहरुलाई जरैबाट निर्मुल बनाउन सक्दछ।

आदर्श प्रधान

जापानका गुरु मिकाउ उसुईले प्रदिपादन गर्र्नुभएको रेकी हाल बिश्वभर अभ्यास गरिन्छ। ब्रम्हाण्डमा रहेको चेतनायुक्त जीबनी शक्तिलाई बढी मात्रामा हाम्रो शरिरमा प्रबेश गरायौं भने हामी पूर्णरुपमा स्वस्थ्य हुन सक्छौं। यसले आत्माबाट आउने उर्जाको रुकावट खोलिदिन्छ र मानिसको शरिरमा उर्जा प्रयाप्त रुपमा हुन्छ फलस्वरुप मानिस स्वस्थ्य हुन्छ।

हाल रेकी वयस्ट्रन र ओरिजिनल गरि दुई प्रणालीबाट अभ्यास गरिन्छ। ‘वयस्ट्रन’ प्रणालीमा मनबाट गरिने प्रार्थना, केही उपचारका कु्राहरु समाबेश गरिएका छन भने ‘ओरिजिनल’ प्रणालीमा स्वास्थ्य देखि आत्मा रुपान्तरणका सम्मका गुढतम कुराहरु समाबेश गरिएका छन्।

रेकी उर्जा सबै मानिसमा प्राकृतिक रुपमा नै हुन्छ। तर हामी कडा परि श्रम, अनिद्रा, तनाब, असुन्तलित भोजन जस्ता कारणले हामीमा रेकी उर्जाको बहाब कम हुन्छ। र, हामिलाई रोग लाग्दछ।

अहिलेको प्रतिस्पर्धात्मक समयमा त हामी चाहेर पनि गहिरो निद्रा, गहन बि श्राममा जान कठिन हुन्छ। जसले गर्दा हामीलाई अनेकौं रोगहरु लागिरहेको हुन्छ। रेकी सिद्धान्त अनुसार मानिसमा रोग लाग्नु भनेकै शरीरमा जीवन शक्तीको अभावले नै हो। त्यसैले हामीमा रेकी उर्जाको मात्रालाई जति बढाउन सक्छौं त्यतिनै मात्रामा हामी स्वस्थ हुन्छौं। यसले शारीरीक तलमा मात्र नभएर मानसिक र भावनात्मक तलमा कार्य गर्दछ।

रेकीबाट एक दशक लामो समयदेखि उपचार गर्दै आउनुभएका रेकी माष्टर डा.रञ्जन प्रजापती भन्नुहुन्छ ‘मैले रेकीबाट उपचार गरेको सयौं मानसिक, शारिरिक र भावनात्मक रोगीहरु स्वस्थ भएका छन्। बास्तबमा रेकीले बिस्तारै रोगको मूल जडलाई निमिट्यान्न बनाइदिन्छ। यसलाई शब्दबाट भन्दा पनि अनुभवबाट थाहा हुन्छ।’

रेकी हिलिङको नियमित अभ्यासले मानिसलाई रोगको मात्र नभई मनको समेत उपचार हुन्छ। रेकी माष्टर डा.रञ्जन प्रजापती भन्नुहुन्छ,’रेकीले रोगलाई मात्र निर्मूल गर्दैन यसले मानिसलाई अध्यात्मिक दृष्टि दिन्छ। रेकीको दैनिक साधनाबाट मानिसमा सकरात्मक सोच आउँछ, स्विकार भाव जमिन्छ जसबाट जीवनलाई बोझको रुपमा नभई आनन्दले जीउन प्रेरित गदर्छ।’

कुन-कुन रोगलाई फाइदा?

रेकीले सबभन्दा पहिला रोगलाई भन्दा पनि रोगको मूल स्रोतलाइनै उपचार गर्दै जान्छ। त्यसपछि बिस्तारै रोग जरै देखि निको हुन्छ। रेकीले हाम्रो मन, भावना हुदै शरीरको उर्जाको बहाबलाई सन्तुलित बनाई स्वस्थ बनाउँदछ।

यसले शारीरीक, मानसिक, भावनात्मक जुनसुकै रोगलाई निको बनाउन सक्दछ। तर रेकीले औषधी खाए जस्तै तुरुन्तै असर देखाउन थाल्दैन यसको लागि रोगको प्रकृती, गहिराई अनुसारले समय लाग्दछ। यसको लागी रोगीमा धैर्यको खाँचो हुनु आबश्यक छ।

-निद्रा नलाग्ने समस्या
-डर, आत्मबिश्वासको कमी
-शारीरीक जुनसुकै दुखाई
-शारीरीक जुनसुकै रोगहरु
-भावनात्मक, मनोशारीरीक रोगहरु

रेकी कसरी सिक्ने?

रेकी एउटा अत्यन्त सरल बिधि हो। यसलाई जोकोहीले पनि सजिलै सिक्न सक्दछ। कुनै उमेर, शिक्षा, भाषा केहीको पनि बन्धन छैन। रेकीको प्रशिक्षण लिनको लागि रेकी माष्टर यानेकी प्रशिक्षकसँग प्रशिक्षणको साथै दिक्षा (रेकी उर्जासँग जोड्ने क्रिया) लिनु आबश्यक हुन्छ।

त्यसपछि नियमित अभ्यास पश्चात हाम्रो दुबै हत्केलामा रेकी उर्जा आउन थाल्छ। उक्त रेकी उर्जालाई हत्केलाको माध्यामद्धारा आफूलाई वा अरुलाई छोएर उपचार गर्न सकिन्छ।

शुरुमा आफैलाई आफैले उपचार गरिन्छ जसलाई सेल्फ हिलिङ भनिन्छ। जब आफूमा भएको नकरात्मक उर्जाहरु हट्दछ तब शरीर पर्याप्त मात्रामा जीवन शक्तीको संचार हुन्छ। त्यस पछि अरुलाई स्पर्र्श गरेर उपचार गर्न सकिन्छ।

रेकीको राम्रो अभ्यास पछि संसारको जुनसुकै कुनामा बसेको मानिसलाई नछोएर नै रेकी उर्जाको प्रक्षेपण सजिलै गर्न सकिन्छ। उक्त बिधिलाई डिस्ट्यान्स हिलिङ भनिन्छ। यस बिधिमा बिभिन्न सिम्बोलहरुको प्रयोग गरिन्छ। जसले कुनै स्थानमा बसेको मान्छेको उर्जालाई जोड्दछ। त्यसपछि रेकी हिलरले रेकीको उर्जालाई प्रक्षेपण गरिन्छ।

बैज्ञानीकहरुको धारणा

बैज्ञानीकहरुले पनि रेकीउर्जाको बारेमा धेरै अध्ययन-अनुसन्धान गरेर रेकीको महत्व र उपयोगीताको बारेमा धेरै कुराहरु सार्वजनिक गरेका छन्। अमेरिकाको अस्पलालमा क्यान्सर पिडित भएका केही बिरामीलाई केमो थेरापीको साथै रेकी हिलिङ गर्दा बिरामीले धरै राम्रो अनुभव गरेको रिपोर्टमा उल्लेख गरेको छ।

जसबाट बिरामीमा पिडाको कमी, निद्रामा सुधार, खानामा रुची देखाएको कुरा पनि उललेख गरिएको छ। अमेरीका जस्तो देशमा पनि रेकी उपचार गर्नको लागि कुनै सरकारीतह बाट स्विकृती लिनु आबश्यक छैन।

यसलाई अध्यात्मिक उर्जाको रुपमा महत्व दिएको छ। रसियन इन्जिनियर क्रिलियनले आभामण्डल खिच्ने क्रिलियन क्यामेरा पत्ता लगाए पछि यो रेकी उर्जाको झन महत्व बढेको छ। जुन क्यामेराले रेकीको बहाब, गुणस्तरका साथै रेकी दिनु अघि र पछिको अवस्था सजिलै हेर्न सकिन्छ।

क्रिलियन क्यामेरा

रसियन बैज्ञानिक क्रिलियनले सन् १९३९ मा क्रिलियन क्यामेराको आविस्कार गरेको हुन्। क्रिलियन इलेक्ट्रोनिक इञ्जिनियर थिए। आफ्नो घरको फ्रिज बनाउने क्रममा हात विजुलीको तारमा छुदाँ एक किसीमको प्रकाशको घेरा देख्दा उक्त प्रकाशको घेराको बारेमा खोज अनुसन्धान गर्दै जाँदा क्रिलियन क्यामेराको आविस्कार भएको हो।

उक्त क्यामेरा विजुलीबाट चल्दछ। यस क्यामेराको साहयताले मानिसको आभामण्डलको फोटो सजिलै खिच्न सकिन्छ। मानिसहरुको उर्जाको स्तर, विभिन्न रोगहरु क्रिलियन फोटोमा सजिलै देख्न सकिन्छ।

नेपालमा क्रिलियन क्यामेरा वि.सं. २०६३ मा रेकी फाउण्डेशन नामक संस्थाले भित्राएको थियो। उक्त क्यामेरामा साधारण क्यामेराको रिल नै प्रयोग हुन्छ। हाम्रो दायाँ र वायाँ हातको गरी दश वटा औलाको फोटो खिचिन्छ।

उक्त औलामा देखिएको आभामण्डलको रङ्ग, आभामण्डलको फैलावट आधारमा मानिसहरुको आभामण्डलको स्थिति पत्ता लगाइन्छ। विशेष गरि औराको रङ्ग सेतो, रातो, निलो, कालो र पहेलो रङ्ग धेरै मात्रामा पाइन्छ।

यस क्यामेराको मध्दतबाट आध्यात्मिक चेतनाको स्तर, मानसिक तथा शारीरिक रोगहरु सजिलै पत्ता लगाउन सकिन्छ। अहिले रेकी वेलनेस सेन्टरले क्राटोकोभले बनाएको जिडिभि क्यामेरा नेपालमा ल्याएको छ।

यो क्यामेरा क्रिलियन क्यामेरा भन्दा अत्याधुनिक रुपमा तयार गरेको छ। यसबाट रेकी उर्जा लिइसकेपछि बिरामी कलि फरक भयो त्यो सजिलै हेर्न सकिन्छ।

२०७३ जेष्ठ २२ शनिबार
रेकी जरैदेखि उपचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *